• २०८२ कार्तिक २१ शुक्रबार

सर्वोच्च गए हितेन्द्रदेव शाक्य

kharibot

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।

मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । 

शाक्यमाथि उर्जामन्त्री कुलमान घिसिङले प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ ।

सोमबार सर्वोच्च आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै दायर गरेको रिट दर्ता भएको छ र रिटको पेसी मंगलबारका लागि पेसी तोकिएको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गर्दै उनको ठाउमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

जेनजी आन्दोलनपछि घिसिङ सरकारमा उर्जासहित तीन मन्त्रालयको मन्त्री बनेका घिसिङले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगमा पठाउने निर्णय गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै