काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।
सुनुवाइका लागि सर्वोच्चले प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजालस गठन गरेको छ । इजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल,डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले आइतबार रिट दायर गरेका थिए । पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई अहिलेको संविधानले प्रधानमन्त्री बन्न नदिने उनले दाबी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ धारा ८० बमोजिम शपथ लिएकी कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६/१३२ (२) को समेट ठाडो उल्लघंन भएको रिट निवेदनमा उल्लेख छ ।
रिटमा राष्ट्रपतिको कार्यालय समेतलाई प्रतिवादी बनाइएको छ ।









