• २०८२ कार्तिक २१ शुक्रबार

आफ्नो फिल्मलाई कम शो दिएको भन्दै टंक बुढाथोकीले भने- 'म हार्दैछु'

kharibot

काठमाडौँ । फिल्म 'मन बिनाको धन' का निर्देशक टंक बुढाथोकीले आफु हार्दै गरेको टिप्पणी गरेका छन् ।

बुढाथोकीले शुक्रबारदेखि रिलिज हुने फिल्म 'मन बिनाको धन' लाई सिनेमा हलले कम शो दिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भनेका छन्-  म हार्दैछु , मलाइ हराउन धेरै लागे , सधै लागे ....ठीकै छ… सिनेमाघर सञ्चालकहरूले 'लाइ नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ । भोली बाट प्रदर्शन हुने हाम्रो चलचित्र 'मन बिनाको धन'' को शो एक्दमै कम दिने , कति पय ठाउमा नदिने निर्णयले दुःख लागेको छ, म हार्दैछु म सङ्गै अशोक ले पनि हार्दैछ्न । न्याय तपाईंहरूकै हातमा छ ।

‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा लगायतको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक टंक बुढाथोकी स्वयंको कथा तथा संगीत छ भने शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ ।

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको फिल्ममा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै