• २०८३ बैशाख ६ आइतबार

महोत्तरीस्थित नेपाल- भारत सीमा तीन दिन बन्द हुने

महोत्तरीस्थित नेपाल- भारत सीमा तीन दिन बन्द हुने

महोत्तरी । महोत्तरीस्थित नेपाल- भारत सीमा नाकामा आवागमन तीन दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार आगामी मंगलबार महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र भारतको विहार राज्यमा दोश्रो चरणको विधानसभा निर्वाचन हुने भएकोले शान्ति सुरक्षा व्यवस्थापनका लागि आज साँझ ६ बजेदेखि कार्तिक २५ गते साँझ ६ बजेसम्म नेपाल भारत सीमा नाकामा मानवीय र आकस्मीक सेवा बाहेकका आवागमन पुर्ण रुपमा बन्द गरिने भएको छ । विहारमा मंगलबार दोस्रो चरणको निर्वाचन हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै