• २०८३ बैशाख १९ शनिबार

बलिवुड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज

बलिवुड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । बलिवुड फिल्म अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज भएका छन् । गएराती उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो । 

बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दले मिडियासँग आफु थकानका कारण अस्वस्थ भएको बताएका छन् ।

गोविन्दले भने- 'म धेरै काम गरेर थाकेको थिए । योग र प्राणायाम राम्रो हो, भारी व्यायाम अलि गाह्रो हुने रैछ । म आफ्नो व्यक्तित्व सुधार गर्ने प्रयास गरिरहेको छु । मलाई लाग्छ योग र प्राणायाम गर्नु नै राम्रो हुन्छ ।'

गएराती गोविन्दाघरमै हुँदा अचानक स्मरणशक्ति गुमाएपछि बेहोस भएपछि अस्पताल पुर्याइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै