मुम्बई। बलिवुडमा हालै दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वी कपुरको डेभ्यु फिल्म धड़कले राम्रो व्यापार गरिरहेको छ । फिल्मले रिलिजको पहिलो साता ५० करोडको व्यापार गरेको छ।
फिल्म विश्लेषक र दर्शक दुवैले जान्ह्वीको अभिनय र डेभ्यु फिल्मको तारिफ गरेका छन्। कुनै पनि डेभ्यु कलाकारको फिल्मले ५० करोडको व्यापार गर्नुलाई फिल्म विश्लेषकले शानदार डेभ्युको संज्ञा दिएका छन्।
यसै बीच जान्ह्वीले फिल्मको सक्सेस पार्टीका अवसरमा आफुले फिल्मको रिभ्यु पढेर बाथरुममा बसेर रोएको खुलासा गरेकी छन्। फिल्मका सबै कलाकार, निर्देशक र निर्माताहरु सहभागी सो पार्टीमा जान्ह्वीले भनिन्,-'जब मैले फिल्मको रिभ्यू पढे तब मलाई निकै रुन मन लाग्यो, बाथरुममा गएर घन्टौ रोए।'
इशान खट्टर र जान्ह्वीको जोडीलाई यस फिल्ममा दर्शकले अत्यन्त मन पराएका छन्। धड़क सुपरहिट मराठी फिल्म सैराटको रिमेक हो। सैराट जति सुपर हिट नभए पनि धड्कले राम्रो व्यापार गरेको छ।