• २०८१ बैशाख १५ शनिबार

लर्ड्समा खेल्ने त्रिकोणीय सिरिजको तयारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम (फोटो फिचर)

kharibot

काठमाडौँ । क्रिकेटको घर भनिने लन्डनको लर्ड्स मैदानमा नेपालले आज त्रिकोणीय टि-२० सिरिज खेल्दै छ। नेपालसहित एमसीसी क्लब र नेदरल्याण्डसले भाग लिने सो सिरिज आजै सकिने छ। 

तय भएको तालिका अनुसार कुल तीन खेल हुने यस सिरिजमा पहिलो खेल नेपाली समय अनुसार २ बजेर ४५ मिनेट जाँदा एमसीसी र नेदरल्याण्डसबीच हुने छ। त्यस्तै दोस्रो खेल नेपाली समय अन्सुआर ५ बजेर ५० मिनेट जाँदा नेपाल र एमसीसीनिच हुने छ।  त्यस्तै अन्तिम खेल नेपाल र नेदरल्याण्डसबीच नेपाली समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सुरु हुने छ। 

नेपाल र नेदरल्याण्डसबीच को यो खेललाई आइसीसीले अन्तर्राष्ट्रिय टि-२० को मान्याता समेत दिएको छ।  

नेपाली राष्ट्रिय क्रिकेट टिमले लर्ड्स मैदानमा शनिबार दिनभर अभ्यास गरेको छ।  यस अघि खेलेका चार खेलमा तीनमा जित र एक मा हार बेहोरेको नेपालले अभ्यास खेलमा उत्कृष्ट ब्याटिंग र बलिङको प्रदर्शन गरेको थियो। नेपाली खेलाडी लर्ड्समा खेल्ने सिरिज र नेदरल्याण्ड टुरमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ। 

नेपाली टिमले खेलको तयारीका लागि गरेको अभ्यासका तस्बीरहरु :

 

तस्बीर : रमन शिवाकोटी        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय