• २०८३ बैशाख ६ आइतबार

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कालोमोसो दलेर दुर्व्यबहार

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कालोमोसो दलेर दुर्व्यबहार

काठमाडौँ । संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेको छ ।

आइतबार बिहान नेपाललाई उनी बस्ने घरमै  क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यबहार गरेका हुन् । 

क्रान्तिकारीले रजिष्ट्रार सिफारिस गर्दा पैसा लिएको उपकुलपति नियुक्त हुनुभन्दा सात दिनअगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको भन्दै कालोमोसो दलेको क्रान्तिकारीले जानकारी दिएको छ ।

विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता–चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरेको क्रान्तिकारीले आरोप लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय