• २०८३ जेठ ५ मंगलबार

सप्तरीको तिरहुबाट हराएका चार बालबालिकाको फेला

सप्तरीको तिरहुबाट हराएका चार बालबालिकाको फेला

सप्तरी । आईतबारदेखि सप्तरीको तिरहुबाट हराईरहेका चार जना बालबालिकालाई सोमबार सशस्त्र प्रहरीले फेला पारेको छ । 

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ कोशी व्यारेजबाट फेला पारेको हो  ।

फेला परेकाहरुमा सोही जिल्लाको तिरहुत गाउँपालिका–३ गोईठी बस्ने अन्दाजी ७ की श्रृष्ठी कुमारी सरदार, ७ वर्षिय कुमारी सरदार, ८ वर्षिया आरोसी सरदार र ६ वर्षिय कृष्ण सरदार छन् ।

उनीहरुलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि सोधपुछ गर्दा आफ्नो घर ठेगाना तथा कहाँ केको लागि जान हिडेको भन्ने समेत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको थियो ।  

आफुखुशी घरबाट हिडेको र अलपत्र अवस्थामा फेला परेका बालबालिकाहरुलाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा वासिन्दाको रोहबरमा उनीहरुको अभिभावकको जिम्मा लगाई पठाईएको छ । उनीहरुलाई कसैले ललाई फकाई गरेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै