वृद्धि गरेको कर फिर्ता लिने वीरगञ्ज महानगरपालिकाको निर्णय

खरीबोट

पर्सा। वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । 

वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो । 

वीरगञ्ज महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिए । 

उनले पेट्रोलिय पदार्थमा लगाइएको कर, घरजग्गा तथा एकीकृत सम्पत्ति कर, पटके सवारी कर, उत्पादन कर, व्यपार कर, कबाडी कर, कुखुरामा कायम गरिएको करलाई स्थगन गरी पुरानै दर कायम गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिए । 

प्रमुख सरावगीले महानगरपालिकाले हालसम्म शिक्षा र आर्थिकलगायत ११ वटा ऐन पारित गरेको जानकारी पनि दिए  । 

महानगरपालिकाले चालू आवका लागि निर्धारण गरेको करको नयाँ दरको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा तीन दर्जनभन्दा बढी संघसंस्था र विभिन्न राजनीतिक दल सडकमै उत्रिएपछि वृद्धि गरिएको करलाई महानगरपालिकाले फिर्ता लिने निष्कर्षमा पुगेको हो । 

सम्बन्धित समाचार

वृद्धि गरेको कर फिर्ता लिने वीरगञ्ज महानगरपालिकाको निर्णय

पर्सा। वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ ।  वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने

वीरगञ्ज महानगरपालिकामा शौचालयको अभावमा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा भएन

वीरगञ्ज । प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् ।  वीरगञ्ज महानगरपालिकामा

वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा

पर्सा /  दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् ।  महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा,

वीरगञ्ज महानगरपालिका कार्यालयमा बम फेला

वीरगञ्ज  ।  वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा आज बम फेला परेको छ ।  महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्याङ छेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले


z