मुम्बई। बलिवुडमा भारतीय अभिनेत्रीहरुको मात्र दबदबा रहेको छैन । अहिले शिर्ष स्थानमा रहेका अभिनेत्रीहरु जो भारतीय नागरिक होइनन्, यस रिपोर्टमा ती अभिनेत्रीहरुको चर्चा गर्न खोजिएको छ।
यस सुचिमा सबैभन्दा अगाडी कट्रिना कैफको नाम आउछ। कट्रिना बलिवुडमा एक स्थापित र उत्कृष्ट अभिनेत्रीको परिचय हो। कट्रिनाको जन्म हङकङमा भएको थियो। उनी हङकङमा जन्मिए पनि उनको नागरिकता भने ब्रिटिश रहेको छ। उनका पिता बेलायती मुलका हुन् भने आम भारतीय मुलकी हुन्। कट्रिनाले सन् २००३ बाट बलिवुडमा आफ्नो कदम राखेकी हुन्।
त्यस्तै अहिले बलिवुडमा अभिनय गरिरहेकी नारगिस फाकिर अमेरिकी मोडल हुन्। न्युयोर्कमा जन्मिएकी नारगिस बलिवुडमा र्मरै पहिचान बनिसकेकी छन् । सन् २०११ मा बलिवुडमा आएकी नारगिसको नागरिकता अमेरिकाको रहेको छ।
अहिलेकी चल्तीकी नायिका ज्याक्लिन फर्नानडीस श्रीलंकन हुन्। २००९ मा बलिवुडमा प्रवेश गरेकी ज्याक्लिन मिस श्रीलंका समेत हुन्। ज्याक्लिनले अमिताभ बच्चन र रितेश देशमुखसंग फिल्म अलादीनबाट बलिवुडमा आएकी हुन्।
त्यस्तै पोर्न स्टारबाट बलिवुडमा आएकी सनी लियोनीको नागरिकता क्यानाडाको रहेको छ। क्यानाडामा नै जन्मिएकी सनीले बलिवुडमा आउनु अघि पुर्ण फिल्ममा कम गर्ने गर्द्थिन।
त्यस्तै बलिवुडमा जम्दै गरेकी अभिनेत्री एली अबराम स्विडेनकी हुन्। उनले बलिवुडमा फिल्म र टेलिभिजनमा काम गरिरहेकी छन्।