• २०८३ बैशाख २२ मंगलबार

तनहुँ- १ मा डा. स्वर्णिम वाग्लेविरुद्ध काँग्रेसले शंकर भण्डारीलाई दियो टिकट

तनहुँ- १ मा डा. स्वर्णिम वाग्लेविरुद्ध काँग्रेसले शंकर भण्डारीलाई दियो टिकट

तनहुँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ- १ मा शंकर भण्डारीलाई उम्मेदवार बनाएको छ । 

कांग्रेस संसदीय बोर्डले अघिल्लो निर्वाचनमा तनहुँ- २ बाट विजयी भएका शंकर भण्डारीलाई यस पटक तनहुँको १ नम्बर क्षेत्रबाट टिकट दिएको हो ।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा यस क्षेत्रबाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भएका थिए । उनले काँग्रेसका गोविन्द भट्टराईलाई पराजित गरेका थिए । यस पटक भने स्वर्णिम वाग्ले र शंकर भण्डारीको प्रतिष्पर्धा हुने भएको छ ।

काँग्रेसले भट्टराईलाई यस पटक तनहुँ- २ को टिकट दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै