• २०८२ माघ २८ बुधबार

निर्वाचन सामग्री उपलब्ध गराएकोमा प्रधानमन्त्री कार्कीको भारतलाई धन्यवाद

kharibot

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छन् । 

प्रधानमन्त्री कार्कीले मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबार भेट गर्दै मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध  गराएकोमा धन्यवाद दिएकी हुन् । 

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताए । साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै