काठमाडौं। पूर्व सांसद एवं नेपाली काँग्रेसका स्याङ्जाका जिल्ला सभापति कमलप्रसाद पंगेनीको निधन भएको छ । पंगेनीको ५८ वर्षको उमेरमा गएराती स्याङजाको भीरकोटमा निधन भएको हो ।
काठमाडौंबाट स्याङजा गएका पंगेनी भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरमा सुतेकै बेला अचेत भेटिनुभएको थियो । उनलाई बिहानै कालिका सामुदायिक अस्पतालमा लगेपनि अस्पतालले मृत घोषणा गरेको कांग्रेसका स्याङजा जिल्ला सदस्य अर्जुन खनालले जानकारी दिए ।
नियमित भेटघाटबाट फर्कदा असहज महसुस भएपछि गल्याङ सामुदायिक अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । २०३५ सालदेखि राजनिति सुरु गरेका पंगेनी २०७० सालको चुनावमा स्याङजा २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनी गएको संसदीय चुनावमा भने पराजित भएका थिए । उनका एक छोरा र एक छोरी छन् ।