• २०८३ बैशाख ४ शुक्रबार

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्- प्रधानमन्त्री कार्की

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले महाशिवरात्रीको अवसरमा सन्देश दिदै शान्ति, सद्भाव र समृद्धिको कामना गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले हामी सबै आदियोगी भगवान् शिवको आराधनामा समर्पित रहेको बताउदै शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक भएको बताएकी छन् । 

उनले शिव र शक्ति-प्रकृतिको अद्वैत सम्बन्धले हामीलाई सदा प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गर्ने बताउदै महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्। प्रकृतिको संरक्षण, स्वच्छता र दिगो विकासका लागि प्रेरित गरोस् भन्ने कामना गरेकी छन् ।

उनले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै