• २०८१ बैशाख २७ बिहीबार

अमेरिकी दुतावास अगाडी दुर्घटना हुदा २ जनाको मृत्यु 

kharibot

काठमाडौँ।  काठमाडौंको महाराजगंजस्थित अमेरिकी दुतावास अगाडी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। 

अमेरिका दुतावास अगाडी गएराति पौने २ बजे रोकी राखेको बा ४ ख ९८५४ नम्बरको ट्रिपरको पछाडी बा १९ च ६५१५ नम्बरको भ्यान ठोकिंदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा भ्यानमा सवार काठमाडौं भंगाल बस्ने खोटाङ बोपुङ गाँउपालीका ७ का ३३ बर्षीय राम बहादुर थापा र सिन्धुपाल्चोकको जुगलका ३० बर्षीय पशुपति सिलवाल रहेका छन्

दुर्घटनामा गम्भिर घाइते भएका ३ जनालाई तत्कालै उपचारको लागी शिक्षण अस्पताल महराजगंज पठाइएकोमा थापा र सिलवालको मृत्यु भएको हो । गम्भीर घाइते भएका भ्यान चालक सिन्धुपालचोकका २२ बर्षीय सुरेश पराजुलीको भने सोही अस्पतालमै उपचार भैरहेको छ । दुवै सवारी साधन र ट्रिपरका चालकलाई महाराजगंज वृत्तले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै