• २०८३ बैशाख ६ आइतबार

रामेछाप दुर्घटना: दुई जनाको मृत्यु, पाँच जनालाई उपचारका लागि काठमाडौँ लगियो

रामेछाप दुर्घटना: दुई जनाको मृत्यु, पाँच जनालाई उपचारका लागि काठमाडौँ लगियो

रामेछाप । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी बोकेको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । 

घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका-२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् ।

सोमबार निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी रामेछाप नगरपालिका-२ स्थित वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेको थियो ।  दुर्घटनामा घाइते भएका मध्ये तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको भएको थियो । 

दुर्घटनामा घाइते भएका दुई जना पुरूष र तीन जना महिलालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै