• २०८१ जेठ ३ बिहीबार

प्रियंका कार्की र अर्पण थापा नयाँ व्हील टु इन वानसँग आवद्ध

kharibot

नयाँ जमानाको नयाँ साबुन, नयाँ व्हील टु इन वानसँग आवद्ध

काठमाडौँ। बहुराष्ट्रिय कम्पनी युनिलिभर अन्तर्गतको नेपाली कम्पनी युनिलिभर नेपाल लि. सधैं उपभोक्तालाई गुणस्तरीय उत्पादन प्रदान गर्नमा विश्वास राख्दछ र यसै क्रमलाई जारी राख्दै युनिलिभर नेपालले नयाँ लुगा धुने साबुन व्हील टु इन वानको लन्च गरेको छ । 

नयाँ जमानाको नेपाललाई नयाँ जमानाकै लुगा धुने साबुको खाँचो भएको कुरालाई मध्येनजर गरेर कम्पनीले व्हील टु इन वान नेपाली बजारमा ल्याएको छ । व्हील टु इन वानको बारेमा सर्वसाधारणलाई जानकारी गराउनको लागि व्हील टु इन वानले अब प्रवद्धनात्मक अभियान सुरु गरेको छ, जसमा यसले दिने गहिरो सफाइ र हजारौं फूलहरुको बास्नाको बारेमा रोचक तरिकाले बताइएको छ ।

 यो अभियानको रोचक र विशेष पक्ष भनेको यी कुराहरु प्रस्तुत गर्नको लागि लागि नेपालकै लोकप्रिय एवं सु–प्रसिद्ध नायिकका प्रियंका कार्की र प्रतिभाशाली नायक एवं निर्देशक अर्पण थापालाई युनिलिभर नेपालले आवद्ध गरेको छ ।

 नेपालको इतिहासमै पहिलो पटक प्रियंका कार्की र अर्पण थापालाई एउटै विज्ञापनमा ल्याउने श्रेय युनिलिभर नेपाललाई जान्छ । कम्पनीका अनुसार यस विज्ञापनमा प्रियंका कार्की र अर्पण थापाले व्हील टु इन वानले दिने गहिरो सफाइ र हजारौं फूलहरुको बास्नाको बारेमा रोचक तरिकाले बताइउने छन् ।

पुरानो जमानाको साधारण नाङ्गो साबुनहरुको जमाना अब गएको र अहिलेको नयाँ जमानामा नयाँ लुगा धुने साबुन व्हील टु इन वानको आवश्यकता रहेको कुरा यो प्रियंका र अर्पणले गर्नेछन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै