• २०८१ बैशाख १७ सोमबार

युनिलिभर नेपालद्वारा भूकम्प प्रभावितको सहयोगार्थ एक करोड रकम हस्तान्तरण

kharibot

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्प पिडितको सहयोगार्थ एक करोड सहयोग गरेको छ ।

युनिलिभर नेपालले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि  'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा एक करोड सहयोग हस्तान्तरण गरेको हो । 

सो सहयोग रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

युनिलिभर नेपालले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री समेत सहयोग गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै