• २०८३ बैशाख ५ शनिबार

गुल्मी- २ रास्वपा र एमालेबीच कडा प्रतिष्पर्धा

गुल्मी- २ रास्वपा र एमालेबीच कडा प्रतिष्पर्धा

काठमाडौँ । गुल्मी- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र  नेकपा एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

पछिल्लो अपडेट अनुसार यस क्षेत्रमा रास्वपा २१२ मतले अगाडी रहेको छ । रास्वपाका गोविन्द पन्थीले १५ हजार ६५१ मत प्राप्त गरेका छन् भने एमालेका गोकर्ण विष्टले १५ हजार ४३९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठले १२ हजार ७०९ मत प्राप्त गरेका छन् ।    

त्यस्तै गुल्मीको क्षेत्र नम्बर १ मा रास्वपाका सागर ढकालले २० हजार ३४१ मत प्राप्त गर्दै अगाडी छन् भने उनलाई एमालेका प्रदीप ज्ञवालीले ११ हजार २०९ मत प्राप्त गर्दै पछाएका छन् । त्यस्तै काँग्रेसका चन्द्र भण्डारीले ८ हजार २६१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै