• २०८१ बैशाख १४ शुक्रबार

हेटौडाको ओम्याक्स चलचित्र हलको आगलागी नियन्त्रणमा

kharibot

 हेटौँडा।  मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी नियन्त्रणमा आएको छ । 

बिहान ९ बजेदेखि भएको आगलागी १२ बजे मात्र नियन्त्रणमा आएको थियो। आगलागी नियन्त्रणमा लिन नसकिएपछि हलको पछाडि भागबाट निभाउने प्रयास   भएको थियो । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताए । 

हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल ल्याइएको थियो। चलचित्र हलमा आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाइरिङ गरिएको अवस्थामा आगलागी भएको हो । 

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै