• २०८३ बैशाख ४ शुक्रबार

हत्या गरेको अभियोगमा कपिलवस्तु र दाङबाट दुई जना पक्राउ

हत्या गरेको अभियोगमा कपिलवस्तु र दाङबाट दुई जना पक्राउ

काठमाडौँ । हत्या गरेको अभियोगमा कपिलवस्तु र दाङबाट दुई जना पक्राउ परेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-१ क्वाटर चोक बस्ने ३२ वर्षीय सुमन चौधरीको हत्या गरेको अभियोगमा सोही नगरपालिका-१ बैरिया बस्ने ४५ वर्षीय उदय अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उदयले खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएका सुमनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ  इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै दाङमा आफ्नै श्रीमती २७ वर्षीया कमला वलीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१९ दोघरे बस्ने ३३ वर्षीय गोपाल वलीलाई प्रहरीले पक्राउ गरेको छ । गोपालले कुटपिट गर्दा कमला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै