काठमाडौँ । विभिन्न राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको भन्दै राइडरहरू आन्दोलित भएका छन् ।
'स्वतन्त्र चालक फाउन्डेसन नेपाल' को आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा भेला भई विभिन्न स्थानमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीहरु मोटरसाइकल र स्कुटरसहित विरोधमा उत्रिएका हुन् ।
उनीहरुले राइडको भाडा बढाउनुपर्ने, कमिसन बढाउनुपर्ने लगायतका माग राखेका छन् ।









