मुम्बई। बलिवुडका चर्चित फिल्म निर्माता तथा निर्देशक करण जोहरले रणवीर सिंह, आलिया भट्ट र करीना कपूरलाई लिएर फिल्म 'तख्त' बनाउने घोषणा गरेका छन्। यसका अलावा फिल्ममा भुमि पेड़नेकर, जान्ह्वी कपुर र अनिल कपुरले पनि अभिनय गर्ने भएका छन्।
यो फिल्म पीरियड ड्रामा फिल्म हुने र मुगल समयको दुई भाईको बदला र प्रेमको कथा हुने करण आफैले जानकारी दिएका छन् । सुरुमा यस फिल्ममा बरुण धावनलाई लिने भने पनि अन्तत रनबीर सिंह नै फाइनल भएका छन्। रनबीर सिंहले यस फिल्ममा सानो भाईको भूमिका निभाउने भएका हुन्। फिल्ममा आलिया भट्ट रनबीर सिंहको अपोजिट हुने छिन भने करिना कपुरले उनको दिदिको भूमिका निभाउने छिन्।
यो फिल्म २०२० मा रिलिज हुने बताइएको छ। फिल्मलाई करण जोहर आफैले निर्देशन गर्ने छन्। उनले यस अघि ६ फिल्म निदेशन गरेका छन् । १९९८ मा कुछ कुछ होता है को निर्देशन गरेका जोहरले २००१ मा कभी खुशी कभी गम, २००६ मा अल बिदा ना कहना, २००९ मा माई नेम इज खान, २०१२ मा स्टुडेन्ट अफ द इयर र २०१६ मा ए दिल है मुस्किल निर्देशन गरेका थिए।