• २०८३ बैशाख ५ शनिबार

प्रदेश खारेज गर्न ज्ञानेन्द्र शाहीको माग

प्रदेश खारेज गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न माग गरेका छन् । 

प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले सरकारसँग प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउन माग गर्दै बहुमत नपुगे आफुहरुले सहयोग गर्ने बताएका हुन् ।

उनले भने- 'देशमा आज ८८४ जना सांसदहरू छौँ, एक वर्षमा एक खर्ब रुपैयाँ प्रदेश संरचना पाल्नुपर्ने अवस्था छ । यो राजनितिक दलका कार्यकर्तालाई सेटलमेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ । यदि, बहुमत पुगेन भने हामीले पनि थप गर्छौं । १८४ चाहिन्छ, १८७ पुर्‍याउछौँ ।'

संसद शाहीले वार्षिक एक खर्ब रुपैयाँ जनताको पैसा प्रदेश संरचनाको नाममा खर्च भइरहेको  उल्लेख गर्दै यसलाई बचाउन सरकारसँग आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै