काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापाले राखेको विचारप्रति एमालेकै अर्का उपाध्यक्ष विष्णु पौडेलले असहमति व्यक्ति गरेका छन् ।
नेता पौडेलले सामाजिक सञ्जालमा लेख्दै थापाले ब्यक्त गरेको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको उल्लेख गर्दै शुक्रबार बस्ने पार्टी सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने बताएका छन् ।
थापाले विहिबारको प्रतिनिधि सभाको बैठकमा आक्रामक रुपमा धारणा राख्दै जेनजी आन्दोलन अघोषित रुपमा रास्वपाले नेतृत्व गरेको, नेपाली सेना, सुशिला कार्की सरकार, कार्की आयोग लगायतको सहयोगमा रास्वपाले चुनाव जितेको आरोप लगाएका थिए । साथै उनले विदेशी शक्तिको चलखेल पनि चुनावमा रहेको आरोप लगाएका थिए ।
नेता पौडेलले भनेका छन्-
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।









