• २०८२ चैत २२ आइतबार

नयाँ बसपार्क र कलंकीमा यात्रु तानातान गर्ने १३ जना पक्राउ

नयाँ बसपार्क र कलंकीमा यात्रु तानातान गर्ने १३ जना पक्राउ

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा यात्रु तानातान गर्ने १३ जना पक्राउ परेका छन् ।

प्रहरीले सञ्चालित टिकट काउन्टरहरूमा काम गर्ने व्यक्तिहरूले बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने सर्वसाधारण यात्रुहरूलाई आफूहरूले भनेको सवारी साधनमा यात्रा गराउन सर्वसाधारण यात्रुहरूको झोला तथा सामानहरू जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने १२ जनालाई नयाँ बसपार्कबाट र एक जनालाई कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै