• २०८३ असोज १६ शुक्रबार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता असोज १९ गते हुने

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता असोज १९ गते हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता असोज १९ गते हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता असोज १९ गते हुने जानकारी दिदै योग्य उम्मेदवारलाई तोकिएको समयभित्र मनोनयन दर्ता गर्न आग्रह गरेको छ ।

निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता हुनेछ । समितिले तोकिएको समयभित्र मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिन योग्य प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गर्नुपर्नेछ । उम्मेदवारी दर्तासँगै महाधिवेशनमा नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढ्नेछ।

निर्वाचन समितिले भने निर्वाचन कार्यक्रमको विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ । 

काँग्रेसको उम्मेदवार बन्न केन्द्रीय सभापतिका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ भने केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै