• २०८३ बैशाख ४ शुक्रबार

कर्णालीमाथि एपीएफको १० विकेटको जित

कर्णालीमाथि एपीएफको १० विकेटको जित

काठमाडौँ । एपीएफले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार जनकपुरमा सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो । 

कर्णालीले दिएको १०८ रनको लक्ष्य पछाएको एपीएफले १२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो । 

एपीएफको जितमा आसिफ सेखले अविजित ६५ र दिपक बोहराले अविजित ४२ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको कर्णालीले ३६ ओभरमा अल आउट हुदै १०७ रन बनाएको थियो ।  कर्णालीका लागि अर्जुन घर्तिले ३८, दिपेन्द्र रावतले २५ र रविन्द्र शाहीले १८ रन बनाएका थिए ।  त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अभिषेक गौतमले ४-४ विकेट लिएका थिए । 

यो जितपछि एपीएफको ६ खेलमा ५ अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ ।  त्यस्तै कर्णालीको भने ६ खेलमा ३ अंक मात्र रहेको छ र हाल आठौं स्थानमा छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै