काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको सम्झौताको अक्षरश कार्यान्वयनको माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विषय समयमा बोल्दै सांसद खरेलले उक्त सम्झौता यताउता भए स्वीकार्य नहुने चेतावनी दिदै सरकारसँग सो सम्झौता अक्षरश कार्यान्वयन गर्न माग गरेका हुन् ।
उनले बैठकमा फागुन २१ को चुनावले देशमा राजनीतिक कोर्स परिवर्तन गरेको बताउदै राजनीतिको नेतृत्वको परिभाषा समेत परिवर्तन भएको दाबी गरे । उनले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिको परिभाषा परिवर्तनको नायकको संज्ञा दिएका थिए ।









