काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने निर्णय गरेको छ ।
राप्रपाले सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ । यस अघि खुस्बु ओलीलाई उपसभामुख बनाउने चर्चा चलेपनि राप्रपाले लामालाई अगाडी सार्ने बताइएको छ ।
अर्कोतर्फ श्रम संस्कृतिले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । श्रम संस्कृतिलाई उपसभामुखमा कांग्रेस, एमाले र नेकपाले समर्थन गर्ने भएका छन् । श्रम संस्कृतिबाट उपसभामुखको उम्मेदवार भने अझै टुंगो लगाइएको छैन ।









