आवासीय विद्यालय भएपछि गाउँमै फकिए विद्यार्थी

खरीबोट

मनाङ / गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका हुन् । 

गुणस्तरीय शिक्षा आजको अवश्यकता महसुस गर्दै विद्यालय शिक्षालाई पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । मनाङमा स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थी बढी भएकाले आवासीय विद्यालयको आवश्यकता रहेको उनको भनाइ थियो । 

भौगोलिक विकटताले बालबालिकाको पहुँचमा विद्यालय नहुनु र विद्यालय भएको ठाउँमा पनि बालबालिका नहुँदा केही विद्यालय बन्द हुने अवस्थामा पुगेकाले शिक्षामा सुधार ल्याउन आवासीय विद्यालय बनाइएको हो । 

गुणस्तरीय शिक्षाको अभबमा स्थानीयवासीका अधिकांश बच्चा जिल्ला बाहिर जाने र अन्यत्र जिल्लाबाट यहाँ काम गर्न आउने कामदारका बच्चाले विद्यालय धान्नुपरेको थियो । यसरी अस्थायी विद्यार्थीले विद्यालय सञ्चालन गर्दा विद्यालय नै चल्ने नचल्ने अन्योल रहेको अवस्थामा आवासीयको अवधारणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए । 

गत शैक्षिकशत्रमा जम्मा ६० विद्यार्थी रहेको यस विद्यालयमा आवासीय बनेपछि २५० जना पुगेको उनको भनाइ थियो । विद्यालयमा नै बसोबास र खानाखाजाको व्यवस्थासँगै शिक्षकको रेखदेखमा विद्यार्थी रहने हुँदा अभिभावक पनि खुशी भएका छन् । अभिभावक काइली गुरुङले भनिन् , “छोराछेरीलाई घरमा आफूले पढाउनका लागि समय दिन नपाउने तर टाढा हुँदा बिगे्रलान की भन्ने चिन्ताका साथै भेट्न जान पनि गाह्रो हुन्थ्यो तर यहाँ भएपछि दैनिक भेटघाट गर्न सकिन्छ ।” 

आवासीय विद्यालयसँगै मन्टेश्वरी कक्षा र अंग्रेजी माध्यमको पढाइले बाहिरी विद्यार्थीको समेत मन तानेको छ । हाल यस विद्यालयमा कक्षा नर्सरीदेखी १२ सम्म पढाइ हुँदै आएको छ । बाहिरीएका विद्यार्थीसँगै अन्य विद्यालयबाट भर्ना हुन आउने लहर नै चलेको छ ।

सम्बन्धित समाचार

एएफसी कपमा मनाङ भारतीय क्लब मिनेर्वासँग बराबरीमा रोकियो

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनेर्वा पन्जावसँग बराबरी खेलको छ । मनाङले १० खेलाडीमा समेटिएको पन्जावसँग १–१ गोलको

एएफसी कप अन्तर्गत मनाङ भारतको मिनेर्भा पन्जाबसँग खेल्दै 

काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको चौथो खेलमा आज मनाङ मर्स्याङदी क्लबले भारतको आईलिग च्याम्पियन मिनेर्भा पन्जाब फुटबल क्लबको सामना गर्दैछ । समूह चरणका तीनै खेल बराबरीमा रोकिएको मिनेर्भा सोमबार

एएफसी कप अन्तर्गत बंगलादेशी क्लब अबहानीसँग मनाङ पराजित   

काठमाडौं । एएफसी कप २०१९ को लागि पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग पराजित भएको छ । काठमाडौँ, सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अबहानीले पहिलो हाफमा

एएफसी कप अन्तर्गत मनाङ र ढाका अबहानीबीच आज प्रतिष्पर्धा हुदै 

काठमाडौँ । एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले बुधबार पहिलो खेल खेल्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा मनाङले पहिलो


z