काठमाडौँ । नेप्से आज बढेको छ । आज बुधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४४ कम्पनिका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो, होटल फोरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको शेयर ५.६१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ५८ करोड ९ लाख बराबर कारोबार भएको छ भने रिनेशनल हाइड्रोको ५७ करोड ११ लाख बराबरको कारोबार भएको छ ।









