• २०८३ बैशाख ५ शनिबार

माउन्ट एभरेस्ट डिस्टिलरीको 'रेड नेचर' र 'ब्लु नेचर' प्रिमियम स्पिरिट बजारमा

माउन्ट एभरेस्ट डिस्टिलरीको 'रेड नेचर' र 'ब्लु नेचर' प्रिमियम स्पिरिट बजारमा

काठमाडौं । नेपाली बजारमा नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ उत्पादन सार्वजनिक गरिएको छ ।

माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले 'रेड नेचर' र ब्लु नेचर नामका ४० युपी प्रिमियम स्पिरिटहरू बजारमा ल्याउने घोषणा गरेको छ। कम्पनीका अनुसार यी उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुनेछन् ।

उच्च गुणस्तरलाई प्राथमिकता दिँदै तयार गरिएको यी प्रिमियम स्पिरिटहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण 'रेड नेचर' र 'ब्लू नेचर' ले प्रिमियम सेग्मेन्टमा नयाँ पहिचान स्थापित गर्ने विश्वास लिइएको छ।

७५० एमएल क्षमताको बोतलको एमआरपी रु. १२२० तोकिएको छ। कम्पनीका प्रतिनिधिका अनुसार उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ र उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

नयाँ वर्षको सन्देशसँगै 'न्यू इयर, सेम सर्कल' भन्ने अवधारणालाई अघि सार्दै कम्पनीले जिम्मेवार उपभोगको सन्देश पनि प्रवाह गरेको छ । 'हामीले उपभोक्तालाई गुणस्तरीय विकल्प दिनुका साथै जिम्मेवार पिउने संस्कृतिलाई पनि प्रवर्द्धन गर्न चाहेका छौं,' कम्पनीका अधिकारीले बताएका छन्।

माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आगामी दिनहरूमा पनि यस्तै नवीन र प्रिमियम उत्पादनहरू बजारमा ल्याउने योजना बनाएको जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै