• २०८३ बैशाख ५ शनिबार

आज विश्व सम्पदा दिवस मनाइदै

आज विश्व सम्पदा दिवस मनाइदै

काठमाडौँ । आज विश्व सम्पदा दिवस, प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा सम्पदाहरूको संरक्षणलाई लिएर विभिन्न कार्यक्रम, गोष्ठीहरू गर्ने गरिन्छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस मनाउने गरिएको हो । आज नेपालमा प्रकृतिको संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाको सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिदै छ ।

दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् । २०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको थियो । विश्वसम्पदा सूचीमा नेपालका काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत छन् । तर यि सम्पदाहरुको उचित संरक्षण र प्रवद्र्धन भने हुन सकिरहेको छैन । सम्पदाहरुको संरक्षणको मुल उद्देश्य भनेको नयाँ पिढीलाई सम्पदाहरु र त्यसका इतिहाँसलाई अवलोकन गर्न मिल्नेगरी जस्ताको तस्तै बचाउनु हो ।

तर, लोपोन्मुख स्थितिमा पुगेका पुराना कला र ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि भने अहिलेसम्म कसैको ध्यान जान सकिरहेको छैन ।
बहुमूल्य सम्पदाका रूपमा सुचिकृत भएका पुराना स्थान तथा भौगोलिकता नै विश्व सम्पदा क्षेत्रका रुपमा चिनिन्छन् । सन् १९७९ मा पाटन दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ स्तुपा, चाँगुनारायण मन्दिर र स्वयम्भूनाथ विश्व सम्पदा सूचिमा राखिएका थिए । विश्व सम्पदा सूचिमा सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पनि रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै