दुर्गा सुबेदीद्वारा विपीसँग विमान अपहरणका अनुभूति ‘विमान विद्रोह' मा सार्वजनिक

खरीबोट
ad

काठमाडौं।  प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा भएको नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूति सार्वजनिक गरेका छन् । उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’ मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु उद्घाटित छन् । 

वीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘मसँग पैसा थिएन अनि हवाईजहाज अपहरणको विचार आयो । म विस्तारमा भनूँ कि नभनूँ ? अहिले छोडिदिऊँ, अब मान्छे पनि आइसके ।’ दुर्गा सुवेदी भन्छन्, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु ।’

२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हुन् । पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्‍याउन राष्ट्रबैंकको ३० लाख भारतीय रुपैयाँ लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए । यसबापत करिब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति–संवाद गराउने सूत्राधारसमेत बने । 

एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा छन् । कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन् । साथै आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पढ्न पाइन्छ । 

‘विमान विद्रोह’को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो । ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलोपटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकले पाठकहरुलाई नेपाली इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ ।’

सम्बन्धित समाचार

राजनीतिसँगै साहित्य-संगीतमा सक्रिय शाही

काठमाडौं । नेपाली कांग्रेसका सस्थापक नेता वीपि कोइराला राजनीतिज्ञ मात्र नभएर सफल साहित्यकार पनि थिए । वीपी कोइरालाका दर्जनौ पुस्तकहरु प्रकाशित भयका छन् । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा लेख्ने पढ्ने

साहित्यतर्फको नोबेल पुरस्कार विवादमा, मनोनयनमा परेका आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल

स्टकहोम। स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ ।  स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको

सुविन भट्टराईको पाँचौँ पुस्तक 'प्रिय सुफी' बजारमा

काठमाडौं । युवापुस्ताका लोकप्रिय  लेखक सुविन भट्टराईको पाँचौँ पुस्तक प्रिय सुफी बजारमा आएको छ ।  शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रिय सुफीको विमोचन गरिएको हो  । लेखक सुबिनसँगै नायिका आँचल

देवघाटको पुस्तकालय जिल्लाकै नमूना

तनहुँ । तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ । देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ


z