नेपाली यू-२३ टिमको अभ्यास खेलमा दोस्रो हार

खरीबोट
ad

काठमाडौँ। ‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ । 

शुक्रबार अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९देखि हुने एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ । 

यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो । 

एशियन गेम्सको समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूह चरणको अन्तिम खेल खेल्नेछ । 

सम्बन्धित समाचार

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ। स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।  विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन

यू-१८ एशियन स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई १३ गोल हान्यो 

काठमाडौँ।  भारतमा जारी ४६औ अन्डर १८ एशियन स्कुल फुटबल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई ठुलो गोल अन्तरले पराजित गरेको छ।  भारतको आग्रामा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १३-१ को गोल अन्तरले पराजित गरेको हो

एशियन स्कुल यू–१८ च्याम्पियनसीपका लागि नेपाली टिमको घोषणा

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन स्कुल यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली घोषणा गरेको छ ।  मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले

साफ खेल्न नेपाली फुटबल टोली आइतबार ढाका जाँदै, यस्तो छ खेल तालिका 

काठमाडौँ। नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १२औ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो ।  नेपाली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु,


z