• २०८१ बैशाख १७ सोमबार

विश्वकप छनोट अन्तर्गत युएईविरुद्ध खेल्ने नेपाली फुटबल टिमको घोषणा

kharibot

काठमाडौं । नेपालले २०२६ को विश्वकप छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ । विहिबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने नेपाली टिमको घोषणा गरेका हुन् । 

नेपालले आगामी बिहीबार यूएईको घरेलु मैदानमा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल खेल्दैछ । नेपाली टिम आईतबार यूएईतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको एन्फाले जनाएको छ । 

चोटका कारण डिफेन्डर अनन्त तामाङ राष्ट्रिय टिम बाहिर रहेका छन् । 

नेपाली टिम: 

गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल। 
डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ । 
मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल ।
फरवार्ड: अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय