दाहाल यज्ञनिधि रहेनन् 

खरीबोट
ad

काठमाडौं। साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ । 

दाहाल यज्ञनिधिको उपचारको क्रममा शुक्रबार साँझ सुमेरु अस्पतालमा निधन भएको हो।  फेरिएको मृर्गौलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहाल बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका थिए ।

दुईवटै मृर्गौलाले काम नगरेपछि २०५७ फागुन १० गते उनको मृर्गौला फेरिएको थियो। फेरेको मृर्गौलाले काम नगरेपछि २०६८ साउत २२ गतेदेखि ओछ्यान परेका दाहाल त्यसगता डाइलसिस गराउँदै आएका थिए ।

सञ्चारकर्मी दाहाल नेपाली रेडियो उद्घोषणमा चर्चित नाम हो । रेडियो नेपाल, एचबिसी एफएममा लामो समय बिताएका दाहाल पछिल्ला दिनमा रेडियो अन्नपूर्ण नेपालमा कार्यरत थिए ।

नेपाली निबन्ध कविता र गीतका सर्जक दाहालको साझा प्रकाशनबाट ‘जदौका निबन्ध’ नाम एकमात्र कृति प्रकाशित छ । ६५ वर्षीय दाहाल काठमाडौंको मण्डिखाटारस्थित घरमा आमा र श्रीमतीसँग बस्दै आएका थिए ।

सम्बन्धित समाचार

दाहाल यज्ञनिधिको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति

काठमाडौँ। साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् ।  क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा

दाहाल यज्ञनिधि : डायलासिस जीवनको दुःखद अन्त्य

काठमाडौँ। शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए ।  मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका

दाहाल यज्ञनिधि रहेनन् 

काठमाडौं। साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।  दाहाल यज्ञनिधिको उपचारको क्रममा शुक्रबार साँझ सुमेरु अस्पतालमा निधन भएको हो।  फेरिएको मृर्गौलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहाल


z