काठमाडौँ । सांसद महावीर पुनले रास्वपा सांसद विश्वराज पोखरेलको विवादित अभिव्यक्ति बारे कडा टिप्पणी गरेका छन् ।
पुनले सामाजिक संजालमा लेख्दै आफु यिनको नेता भएको भएको भए ठाउको ठाउ बर्खास्त गरिदिने बताएका छन् ।
ओखलढुंगाको एक विद्यालयमा पुगेका सांसद पोखरेललाई गेटमा पर्खाएको भन्दै उनले प्रधानाध्यापकलाई दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । सांसद पोखरेलले माननीय आउदा गेटमा नआएको भन्दै खेद प्रस्ताव पारित गरेमात्र विद्यालयमा छिर्ने भन्दै प्रधानाध्यापकलाई रवाफ देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । यस घटनामा रास्वपाको आधिकारीक प्रतिक्रिया भने आएको छैन ।
यसै प्रसंगमा सांसद पुनले सांसद भनेको जनताको नोकर भएको भन्दै एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नुपर्ने बताउदै दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्:
यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिए । सासंद भनेको जनताको नोकर हो । एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ बर्ष सम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पऱ्यो कि त सारा जनताले फिर्ता बोलाउनु पऱ्यो । सासंद पदको बेईजत नै गऱ्यो त ।









