• २०८३ बैशाख ७ सोमबार

धनराज गुरुङ भन्छन्- पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ !

धनराज गुरुङ भन्छन्- पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ !

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले पार्टी छोड्नु ठुलो भूल हुने बताएका छन् ।

पार्टीभित्र एकता कायम गर्न आग्रह गर्दै अहिलेको अवस्थामा पार्टी छोड्नु ठुलो भूल हुने बताएका हुन् ।  उनले भनेका छन्- 'हामीले यही पार्टीमा रहेर रगत बगायौं, कठिनतम् जीवन बितायौं। आफ्नै रगत र पसिनाले सिंचेको पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ। तसर्थ यस्तो भूल नगर्न र पार्टीमै रहेर पार्टी प्रति थप योगदान पु-याउनका लागी हार्दिक अनुरोध गर्दछु ।'

उनले विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको अवस्थामा त्यसलाई स्वीकार गर्दै अघि बढ्नु लोकतान्त्रिक अभ्यास भएको बताएका छन् ।

गुरुङले हालै पूर्व केन्द्रीय नेताहरूबीच छलफल गरेर अदालतको फैसला मान्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन् । 

गुरुङले विशेष महाधिवेशनबाट निर्वाचित सभापति तथा पदाधिकारीलाई बधाई दिँदै सबैलाई एकताबद्ध भएर पार्टीको हितमा लाग्न आह्वान गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै