• २०८३ बैशाख १२ शनिबार

युद्धविरामपछि पनि लेबनानमा इजरायलको आक्रमण जारी

युद्धविरामपछि पनि लेबनानमा इजरायलको आक्रमण जारी

काठमाडौँ । इजरायल र लेबनानबीच युद्धविरामको अवधि थपिए पनि दुवै पक्षबीच आक्रमण जारी रहेको छ । इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

इजरायल रक्षा बलले दक्षिणी लेबनानका यातेर र कफरा क्षेत्रमा हिजबुल्लाहका रकेट प्रक्षेपणस्थलमा आक्रमण गरेको जनाएको छ। ती स्थान आफ्ना सैनिक र नागरिकका लागि खतरा बनेको दाबी इजरायलले गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ६ जनाले ज्यान गुमाएका छन् भने २ जना घाइते भएका छन् ।

यता, हिजबुल्लाहले दक्षिणी लेबनानको रम्याह क्षेत्रमा इजरायली बख्तरबन्द सवारीलाई निशाना बनाएको दाबी गरेको छ ।

युद्धविराम कायम रहे पनि दुवै पक्षबीच तनाव र सैन्य भिडन्त भने अझै जारी रहेको देखिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै