जटिल प्रसूति सेवा बन्द हुँदा बच्चा जन्माउन भारत जाने बाध्यता  

खरीबोट
ad

बैतडी।  बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हुँदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्ला अस्पताल जान बाध्य छन् । 

आफू गभर्वती भएको आठ महिनामै ब्यथा लागेपछि उक्त अस्पतालमा जचाउन आउँदा पेटमा उल्टो अवस्थामा बच्चा देखिनुका साथै बच्चाभन्दा सालनाल अगाडि रहेको पाइएको र आफूलाई यहाँ उपचार हुन नसक्ने भनेकाले डडेल्धुरा जिल्ला अस्पताल पुगेर बच्चा जन्माउनु परेको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटकी सुनिता विष्टले बताइन् । 

आर्थिक अवस्था राम्रो भएका व्यक्तिले बाहिर गएर पनि उपचार गराउन सक्छन् तर गरीबका लागि भने निकै समस्या भएकाले सम्बन्धित निकायले तत्काल यस विषयमा ध्यान दिनुपर्नेमा सोही स्थानका गणेश विष्टले जोड दिए । 

केही महिनादेखि बिरामी परेका एनेस्थेसिया असिस्टेन्ट दुई महिनाअघि निधन भएकाले एनेस्थेसिया दिइ शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचार गराउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । एनेस्थेसिया असिस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागमा लिखित र मौखिकरुपमा जानकारी गराए पनि अहिलेसम्म कुनै पहल नभएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

बैतडीको बांगाबगरमा बस दुर्घटना, पाँच जना घाइते 

बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता

बैतडीमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि

बैतडी / निगलाशैनी प्रिमियर लिग(एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि देहीमान्डौँमा गरिने भएको छ ।  निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) को आयोजनाका उक्त प्रतियोगिता सञ्चालन गरिने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत

बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा रगतका लागि सेना प्रहरीकै भर

बैतडी । रक्तसञ्चार केन्द्र नहुँदा बैतडीमा समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा आकस्मिक रुपमा कुनै बिरामीलाई रगत चाहिएमा जिल्लास्थित रहेको शत्रुसुमर्दन गुल्म, जिल्ला प्रहरी कार्यालयका धाउनुपर्ने बाध्यता रहेको छ

बैतडीमा औषधि अभाव

बैतडी। समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो । धेरैजसो स्वास्थ्य


z