• २०८३ बैशाख १७ बिहीबार

सभामुख अर्यालसँग दलित संघर्ष समितिका पदाधिकारीको भेटवार्ता

सभामुख अर्यालसँग दलित संघर्ष समितिका पदाधिकारीको भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्।

भेटका क्रममा प्रतिनिधिमण्डलले सिन्धुलीको प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्युबारे गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र उचित छानबिन गर्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।

उक्त अवसरमा सभामुख अर्यालले घटनाप्रति संवेदनशीलता व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै