काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले वैशाख २४ गते साँझ ५ बजे बस्नेगरि संबैधानिक परिषदको बैठक बोलाएका हुन् ।
बैठकले प्रधानन्यायाधीशको सिफारिस बारे निर्णय गर्ने एजेण्डा रहेको छ ।
सरकारले अध्यादेश मार्फतयसअघि व्यवस्था संशोधन गर्दै चार जना उपस्थित भएमा बैठक बस्न सकिने र तीन जनाको सहमतिमा निर्णय गर्न सकिने व्यवस्था गरेको छ ।
नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था रहेको छ ।
परिषदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दलका नेताका रूपमा भीष्मराज आङ्देम्बे रहेका छन । त्यस्तै प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कानुनमन्त्री पनि परिषदको सदस्यको रुपमा बैठकमा सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ । त्यस्तै नेपाल सरकारका मुख्यसचिवले परिषदको सचिवको रुपमा काम गर्ने व्यवस्था रहेको छ ।









