• २०८३ बैशाख २८ सोमबार

टर्किस एयरको विमान अवतरणको क्रममा टायर पड्किदा यात्रुको आकस्मिक उद्धार

टर्किस एयरको विमान अवतरणको क्रममा टायर पड्किदा यात्रुको आकस्मिक उद्धार

काठमाडौँ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको विमानमा अवतरणका क्रममा टायर पड्किएको छ ।

प्राप्त जानकारी अनुसार विमान अवतरण गरिसकेपछि टायर विस्फोट भई आगो लागेको थियो । सो घटनापछि सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई आकस्मिकरुपमा उद्धार गरिएको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

विमानस्थलमा रहेका आपत्कालीन उद्धार टोलीले तत्काल घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको र घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै