• २०८३ बैशाख २८ सोमबार

नीति तथा कार्यक्रम निरन्तरतामा कर्मकाण्ड- अर्जुननरसिंह केसी

नीति तथा कार्यक्रम निरन्तरतामा कर्मकाण्ड- अर्जुननरसिंह केसी

काठमाडौँ ।  नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सार्बजनिक गरेको नीति तथा कार्यक्रम कर्मकाण्ड भएको टिप्पणी गरेका छन् । 

संसद भवन बाहिर प्रतिक्रिया दिदै ठुलो परिवर्तनपछि सम्बोधन गर्न नसकेको बताउडिया निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको टिप्पणी गरेका छन् । उनले गरिनेछ, हुनेछ, संयोजन हुनेछ, केन्द्रित हुनेछ, यी सबै कुराहरु पहिला पनि त्यस्तै हो । २०८७ सम्म शुद्ध खानेपानी भनेर यो भन्दा अगाडी पनि धेरै पटक भनेको हो । जनताको बीचमा देखिएको उरालिदो आकांक्षा जुन छ, राष्ट्रिय स्रोत र साधनमा जस्तो अवस्थामा छ, त्यसमा कस्तो बजेट आउछ भन्ने प्रतिक्षा गर्नुपर्छ । प्रारम्भिक प्रतिक्रियामा निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको छ ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै