• २०८३ बैशाख ३० बुधबार

नेप्सेमा सामान्य गिरावट, २ अर्ब ८० करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, २ अर्ब ८० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०. २५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३९ कम्पनिका ५६ लाख ४३ हजार २८८ कित्ता शेयर २ अर्ब ८० करोड ७४ लाख ४६  हजार ३६१ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एशियन हाइड्रोको शेयरमा ११.४२ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर ११.१७ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी एसवाईप्यानलको २७ करोड ७९ लाखको कारोबार भएको छ भने  रिढी पावरको ९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै