• २०८३ बैशाख ३० बुधबार

जबरजस्ती करणीको अभियोगमा बर्दिया, रोल्पा र सोलुखुम्बुबाट पक्राउ

जबरजस्ती करणीको अभियोगमा बर्दिया, रोल्पा र सोलुखुम्बुबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, रोल्पा र सोलुखुम्बुबाट पक्राउ परेका छन् ।

बर्दियामा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-६ गणतन्त्र टोल बस्ने २८  वर्षीय सुशिल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुशिलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

त्यस्तै रोल्पामा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ३६ वर्षीय राजु केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी सोलुखुम्बु, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-५ गुदेल बस्ने ३२ वर्षीय रसान्त कुलुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रसान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै