काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३७ कम्पनिका ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ मा कारोबार भएको थियो । आज जीवन वीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी युनियन हाइड्रोको शेयरमा ९.७९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ९.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एशियन हाइड्रोको शेयर ९.८९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ३७ करोड ६८ लाखको कारोबार भएको छ भने सहास उर्जाको १८ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।









